बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
सोमवार अदालतले थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।आठ वर्षअघि शरीर बन्धक बनाएर सुन्दरी प्रतियोगितामा भाग लिएकी एक मोडललाई बलात्कार गरेको आरोप लागेपछि पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो ।
सुन्दरी प्रतियोगिताका आयोजकसमेत रहेका पाण्डेलाई बलात्कार गरेको आरोप लगाउँदै एक युवतीले सामाजिक सञ्जालमार्फत आफू बलात्कारको शिकार भएको बताएकी थिइन् ।ती युवतीले पाण्डेले एभरेष्ट होटलमा बन्धक बनाएर बलात्कार गरेको आरोप लगाएकी थिइन् ।
सामाजिक सञ्जालमा पनि यस विषयमा बहस हुन थालेपछि प्रहरीले काठमाडौंको स्वयम्भूबाट गत जेठ ७ गते पाण्डेलाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।