नापी कार्यालय भैरहवामा कार्यरत अमिन टेक बहादुर रायमाझी घुस रकमसहित पक्राउ गरेका छन्।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले ३० हजार रुपैयाँसहित पक्राउ गरेको हो।
रायमाझीले जग्गाको हालसाविक गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियारको टोली गएको थियो।
सेवाग्राहीबाट ३० हजार घुस लिइसकेको अवस्थामा उनलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ मा रहेको ३ नं. नापी कार्यालयको क्वाटरबाट पक्राउ गरेर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।