काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले नेकपा एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेको खुलासा भएको छ।
बालेनले महानगरको अन्तिम मतपरिणाम सार्वजनिक हुनुभन्दा अघिल्लो दिन बालकोट गएर ओलीसँग भेट गरेको खुलासा भएको हो।
तर, दुबै पक्षले उक्त भेटलाई गोप्य राखेका थिए। स्रोतका अनुसार दुबै पक्षको सहमतिअनुसार भेटलाई गोप्य राखिएको हो। सो क्रममा ओलीले बालेनसँग एक्लाएक्लै भेट गरेका थिए।
भेटमा के–को कुरा भयो भन्ने दुबै पक्षले नखुलाए पनि फोटो भने बाहिर आएको छ। जसमा ओलीले बालेनलाई खाँदा लगाएको देखिन्छ।
प्रतिनिधिसभामा नेकपा एमालेकी सचेतक शान्ता चौधरीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत ओली र बालेनबीच अर्थपूर्ण भेट भएको उल्लेख गरेकी छन्।
उनले तस्वीर सार्वजनिक गर्दै क्याप्सन लेखेकी छन्, ‘अर्थपूर्ण भेट। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीज्यू र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच भेट, ओली निवास, बालकोट, भक्तपुर। फेरि पनि बधाई छ बालेनजी।’
ओली र बालेनको भेटलाई धैरैले अर्थपूर्ण रुपमा हेरिरहेका छन्।