सडक निर्माणको क्रममा ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा उदयपुरका ३५ वर्षीय हेम मगर र धरानका १९ वर्षीय रामकुमार राई रहेका छन्।
उनीहरुको बुधबार बिहान चैनपुर–गुफापोखरी सडक खण्डअन्र्तगत चैनपुर–१, स्थित नुनढाकीको बिहीबारे क्षेत्रमा सडक मर्मत गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।