नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी जनताको नजरमा खराब देखिन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
बुधबार काठमाडौंमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गर्ने कार्यक्रममा बोल्दै प्रचण्डलेमाओवादी पार्टी जनताको नजरमा खराब देखिन थालेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।
प्रचण्डले अहिले अरु दल र माओवादीबीचको फरक मेटिएकोले पार्टीलाई पहिचानको संकट उत्पन्न भएको बताए। उनले पहिचानको संकटकै कारण यस पटक विजयी जनप्रतिनिधिहरुलाई प्रशिक्षणका लागि बोलाइएको पनि बताए।
उनले भने, ‘अहिले हाम्रो व्यवहार त्यस्तो छैन, हामीले जे भन्छौं त्यो गरिरहेका छैनौं। हाम्रो गराई अरु संसदवादी, बुर्जुवा अपर्चुनिस्टहरुको भन्दा फरक देखिन छाड्यो।’
अहिले माओवादीको दूरी जनतासँग बढेको पनि प्रचण्डले बताए। ‘हामीले वैज्ञानिक समाजवादको यात्रा र समाजवादी क्रान्तिको कुरा गरेका छौँ’, उनले भने, ‘हिजो जनयुद्धका बेला हामी मर्न पनि तयार थियौँ। त्यसबेला जनताले माओवादी अरुभन्दा अलग हो भन्ने चिन्थे। खेतीपाती, विरामी पर्दा र शिक्षामा पनि हामीले जनताकै घरमा गएर सेवा दिन्थ्यौँ। त्यसबेला देशलाई साँच्चिकै माया गर्ने र देशका जनताको हकका लागि लड्ने नेताको पार्टी हो भन्ने बुझ्थे।’
१८ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं र धरानको मेयरमा स्वतन्त्र उम्मेदवारको जित माओवादीलाई सबक भएको बताएका छन् ।
प्रचण्डले स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर जितेकाहरू अपवाद भएको बताए र स्वतन्त्रले नै देश चलाउँछन् भन्ने भ्रममा नपर्न आग्रह गरे।
उनले भने, ‘अब पार्टी सिस्टम कमजोर हुने र स्वतन्त्रको राज्य चल्ने होइन। यिनीहरू अपवाद हुन्। बिग्रे पनि सप्रे पनि अबका धेरै दशकसम्म पार्टीहरूले नै राज गर्नेछन्।’