नेपालगञ्जको धम्बोजीस्थित वीरेन्द्रचोक तनावग्रस्त भएको छ ।
पूर्वराजा वीरेन्द्र शाहको शालिक राख्ने विषयमा विवाद वीरेन्द्रचोक तनावग्रस्त भएको हो।
२०६२÷६३ को जनआन्दोलनमा धम्बोजी चोकस्थित वीरेन्द्रको शालिक तोडफोड भएपछि सो स्थानमा आज दरबार हत्याकाण्डको दिनको सन्दर्भ पारेर केही स्वतन्त्र अभियन्ता, राष्ट्रवादी युवा समूह र राप्रपाका नेता कार्यकर्ताहरु वीरेन्द्रको शालिक पुनःस्थापना गर्न भेला भएका थिए।
तर, स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्ने प्रयासमा प्रहरी प्रशासनले हस्तक्षेप गरेपछि स्थिति तनावग्रस्त भएको हो र स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहारसमेत गरेको छ।
सो क्रममा प्रहरी र राजावादी समूहबीच ढुंगा हानाहान भएको छ।
अहिले वीरेन्द्रको शालिक त्यहाँबाट प्रहरीले हटाइसकेको छ। झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन्। झडप भएपछि सो स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ।