काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालगञ्जको धम्बोजीस्थित वीरेन्द्रचोकमा पूर्वराजा वीरेन्द्र शाहको शालिक राख्न खोज्दा सरकारले अवरोध गर्नु ठीक नभएको बताएका छन्।
उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै शालिक राखेर राजा फर्कने भएर इतिहासको सम्झना हुने बताएका छन्।
वीरेन्द्रचोकमा राजावादी समूहले पूर्वराजा वीरेन्द्र शाहको शालिक राख्न खोज्दा प्रहरीले हटाएको थियो। सो क्रममा त्यहाँ केही समय तनाव भएको थियो।
त्यसबारे लेख्दै थापाले लोकतन्त्र यति असहिष्ण हुन नुहुने बताएका छन्।
उनले लेखेका छन्ः
आन्दोलनको रापतापमा राजालगायत विपी, भानुभक्त समेतको शालिक तोडफोड गरियो। त्यो गलत थियो। नेपालगञ्जमा जहाँ पहिले राजा विरेन्द्रको शालिक थियो त्यहाँ अहिले शालिक राख्न खोज्दा सरकारले अवरोध गर्नु ठीक भएन। शालिक राखेर राजा फर्कने होइन। इतिहासको सम्झना हो। लोकतन्त्र यति असहिष्णु हुनुहुन्न।