स्थानीय तह निर्वाचन सकिसकेको छ। निर्वाचनअघि भोट माग्दै घरदैलो कार्यक्रम गर्ने र त्यसपछि नेताहरुले मतदाता विर्सने गरेको गुनासो हुने गरेको छ।
निर्वाचनमा जीत होस् वा हार, अधिकांश नेताहरु मतदाताको घरदैलोमा फर्किँदैनन्। जितेकाहरु पनि एकदिन सभा आयोजना गर्दै धन्यवाद दिन्छन् तर मतदातालाई भेटेर धन्यवाद दिँदैनन् ।
तर, बेलौरी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका पोतिलाल चौधरीसँग पराजित एमालेकी उम्मेदवार कमला बोहरा भने अझै घरदैलो गरिरहेका छन्।
चुनावमा पराजित भएपछि उनी हिजोआज मतदाताको घरदैलौमै भेटिन्छन्। जसले निर्वाचनको झल्को दिइरहेको हुन्छ।
आफूलाई मत दिने नदिने मतदातालाई उनी धन्यवाद दिइरहेकी छन्। चुनावको बेला जान नसकेको ठाउँमा पनि उनी अहिले गएर मतदातालाई धन्यवाद दिइरहेकी छन्।
एमाले केन्दीय सदस्य तथा कञ्चनपुर सह–ईञ्चार्ज रहेकी बोहरा मतदातासँग निकट छन्। स्थानीय मतदातको घरघरमा पुग्दै उनी जनताका समस्या पनि पुगिरहेकी छन्।