काठमाडौं। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशको पक्षमा काठमाडौंमा प्रदर्शन भएको छ।
प्रभावित क्षेत्र टांगीयावासीले शनिबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्यालीसहितको प्रर्दशन गरेका हुन्। उनीहरुले सर्वोच्च अदालतले दिएको सो फैसलाको पक्षमा ऐक्यवद्धता जनाएका हुन्।
विनाविकल्प सो विमानस्थलको धावनमार्ग टांगीयाबस्तीमा बनाउने सरकारको निर्णयको विपक्षमा सर्वोच्च अदालतको आदेश आएकाले त्यसको कार्यान्वयनको माग गर्दै आफूहरुले ऐक्यवद्धता स्वरुप काठमाडौंमा शान्तिपूर्ण र्यालीसहितको प्रर्दशन गरेको स्थानीय नवराज सञ्जेलले बताए।
सर्वोच्च अदालतको जेठ १२ गतेको फैसलाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारका अहिलेसम्मका सबै काम कारबाही तथा निर्णयहरू बदर गरिदिएको थियो।
अदालतको उक्त आदेशप्रति कतिपय नेताले विरोध जनाएका छन् भने सरकारले पनि निजगढमा विमानस्थल बनाउने भन्दै बजेटमा उल्लेख गरेको छ।