प्रदर्शकहरुको छाता संस्था नेपाल चलचित्र संघको अध्यक्षमा वीरेन्द्रनारायण श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार राजधानीमा सम्पन्न संघको ४७ औं वार्षिक साधारणसभाले श्रेष्ठलाई नेतृत्वमा चयन गरेको हो ।
नारायणगढको जलमा सिनेमा हल, परासीस्थित बिस्कुट र पेपर मिल उद्योगका सञ्चालक समेत रहेका श्रेष्ठले आगामी तीन वर्ष संघको नेतृत्व सम्हाल्नेछन् ।
निर्वाचित भएपछि संचारकर्मी संग कुरा गदै श्रेष्ठले फिल्मसम्बद्ध संघसंस्थालाई एकजुट बनाएर लैजानु र कोभिड महामारीबाट प्रभावित हलको राहतमा काम गर्ने आफ्ना एजेन्डा रहेको बताए ।
संघको विधानअनुसार निर्वाचित अध्यक्षले कार्यकारीसहितका अन्य पदहरु आफैं नियुक्त गर्नेछन् ।