एकीकृत समाजवादीले सिफारिस गरेका नयाँ मन्त्रीलाई सोमबार नै शपथ ग्रहण गराइने भएको छ।
त्यसका शितल निवासमा तयारी भइरहेको बताइएको छ। तर, समय भने तय भइनसकेको शितल निवास स्रोतले जनाएको छ।
प्रधानमन्त्री देउवाले नयाँ मन्त्री नियुक्तिको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीलाई गरेपछि मन्त्री नियुक्त गरेर सपथ समारोह आयोजना हुनेछ।
आइतबार एकीकृत समाजवादीले आफ्नो पार्टीका ४ मन्त्री फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको थियो। नयाँ सिफारिस भएमा मन्त्रीमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भवानी खापुङ र हिरा केसी छन्। यसअघि स्वास्थ्य राज्यमन्त्री खापुङ मन्त्रीमा र केसी राज्यमन्त्रीमा रहने गरी एकीकृत समाजवादीले सिफारिस गरेको छ।
समाजवादीले स्वास्थ्य मन्त्री विरोध खतिवडा, पर्यटन मन्त्री प्रेमबहादुर आले, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, र श्रम मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको थियो।