काठमाडौं महानगरपालिकाले फोहोरको दुर्गन्ध हटाउने केमिहाल हाल्न सुरु गरेको छ।
महानगरपालिकाले सोमबार नयाँ बानेश्वरदेखि फोहोरको दुर्गन्ध हटाउने केमिहाल हाल्न सुरु गरेको हो।
काठमाडौंका मेयर बालेन शाहले फोहोरको व्यवस्थापन नहुँदासम्म दुर्गन्ध हटाउन छिट्टै केमिकल हाल्ने प्रतिवद्धता जनाएका थिए।
अब काठमाडौंसँगै सिसडोल र बञ्चरेडाँडाँमा पनि दुर्गन्ध हटाउन केमिकल हाल्ने महानगरको तयारी छ।