विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले देशभर विरोध प्रदर्शन गर्ने भएको छ।
नेकपाका प्रवक्ता प्रकाण्डले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै देशभर विरोध प्रदर्शन गर्ने जानकारी दिएका छन्।
देशमाथि अमेरिकी साम्राज्यवादी हस्तक्षेप, एमसीसी सम्झौता, भ्रष्ट्राचार एवं कमिसनको डरलाग्दो खेल, असार लाग्दा समेत किसानहरुले मल विउ नपाएर तड्पिनुपर्ने अवस्था र कष्टकर जनजीविकाविरुद्ध विरोध प्रदर्शन गर्ने उनले जानकारी दिएका छन्।
विज्ञप्तिमा जनाइएअनुसार जेठ २५ गते राजमार्ग, काठमाडौं उपत्यका र देशव्यापी किसान विरोध प्रदर्शन गरिनेछ।
जेठ २७ गते अमेरिकी साम्राज्यवादी हस्तक्षेपविरुद्ध देशव्यापी, ३. जेठ ३० गते एमसीसीका कार्यालय र जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र घेराउ गरिनेछ।
त्यस्तै, असार २ गते राजवन्दी रिहाइको पक्षमा देशव्यापी मसाल जुलुस र असार ५ गते चर्को महंगी र भाडावृद्धिविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने विज्ञप्तिमा उल्लेख छ।
