दक्षिणकाली नगरपालिकामा पर्ने फर्पिङको जंगलमा युवा युवतीको शव फेला परेको छ।
सोमबार बिहान उक्त जंगलमा युवा युवतीको शव फेला परेको प्रहरीले जनाएको छ।
उनीहरुको शव घोप्टो परेको अवस्थामा भेटिएको र हालसम्म पहिचान हुन नसकेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले बताए।
उनीहरुको पहिचान हुन सकेको छैन । उनीहरु २०–२२ वर्षका युवा–युवती रहेको प्रहरीको अनुमान छ। शव फेला परेको ठाउँनजिकै बिषको बट्टा पनि फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।