काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पहिलो कार्यपालिका बैठकमा गरेको निर्णय कार्यान्वयनमा ल्याएका छन्।
जेठ १६ को कार्यपालिकाको पहिलो बैठकमा बालेनले जवाफदेही नागरिक सेवाका लागि कल सेन्टर सञ्चालनमा ल्याउने निर्णय गरेका थिए।
एनका अनुसार कल सेन्टरको नम्बर १६६००१०५५११ रहेको छ। महानगरवासीका जनगुनासो सम्बोधन गर्न कल सेन्टर सञ्चालनमा ल्याइएको हो।