दक्षिणकाली नगरपालिकामा पर्ने फर्पिङको जंगलमा फेला परेको युवा युवतीको शवको पहिचान खुलेको छ।
मृत भेटिएका युवक मकवानपुरको इन्द्रसरोवरका २० वर्षीय मनिस ठकुरी र युवती दाङको राप्ती गाउँपालिकाकी २० वर्षीया बिमला कुमाल रहेकी खुलेको छ।
उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले उनीहरुको साथमा भएका मोवाइल र अन्य कागजातका आधारमा शवको पहिचान भएको जानकारी दिए।
शव नजिकै दुईवटा विषको बट्टा पनि भेटिएकोले उनीहरुले आत्महत्या गरेको हुन सक्ने अनुमान गरि पनि पोष्टमार्टम रिपोर्टपछि थप पुष्टि हुने प्रहरीले जनाएको छ।
सोमबार बिहान उक्त जंगलमा युवा युवतीको शव घोप्टो परेको अवस्थामा फेला परेको थियो।