लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ।
मंगलबार बिहान बालुवाटार पुगेर लोसपा नेताहरुले प्रधानमन्त्री देउवालाई ११ बुँदे ज्ञापनपत्र बुझाएका हुन्।
ज्ञापनपत्रमा मधेस र थारुहट आन्दोलनमा झुटा मुद्दा लगाइएका रेशम चौधरीलगातलाई रिहा गर्न, संविधान संशोधन गर्न, विगतमा संयुक्त मधेसी मोर्चासँग भएको सम्झौता कार्यान्वयन गर्न, किसानलाई मल खाँदको व्यवस्था गर्न, महंगी र कालोबजारी नियन्त्रण माग गरिएको छ।
