काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नछुट्याएको फोहोर संकलन नगरेर फर्काइदिने बताएका छन्।
उनले मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै नछुट्याएको फोहोर संकलन नगरेर फर्काइदिने बताएका छन्।
उनले ‘अब फोहोर उठ्नेछ’ भन्दै अहिलेसम्म फोहोर थुप्रिएर पाएको दुखका लागि क्षमा मागेका छन्।
फोहोर उठ्नु मात्रै यसको समाधान नभएकोले फोहोरको दीर्घकालिन व्यवस्थापन गर्न चाहेको उनले बताएका छन्।
उनले अगाडि भनेका छन्, ‘समाधान तपाईहरुको साथबिना सम्भव हुँदैन। यसैले हामी आग्रह गर्छौँ कि अब तपाईको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहोरहरु छुट्टिएर निस्किउन्। कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ।’
महानगरले पनि पहिलेका कमजोरी वा गल्तिहरु नदोहोर्याउने उनले प्रतिवद्धता जनाएका छन्।