यातायात व्यवस्था विभागले नयाँ, नामसारी र नवीकरण भएका सवारीसाधनलाई मात्रै साउन १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य भएको स्पष्टिकरण दिएको छ।
केही दिनअघि सूचना निकालेर वागमती र गण्डकी प्रदेशमा दर्ता भएका सबै सवारीसाधनमा साउन १ देखि अनिवार्य इम्बोस्ड नम्बर लगाउन निर्देशन दिएको विभागले चौतर्फी विरोधपछि नयाँ, नवीकरण र नामसारी गरिने सवारीसाधनमा मात्र इम्बोस्ड नम्बर अनिवार्य भएको स्पष्टिकरण दिएको हो।
मंगलबार पत्रकार सम्मेलन गर्दै विभागका महानिर्देशक नमराज घिमिरेले २०७८ मंसिर १ गतेदेखि दर्ता भएका नयाँ सवारी साधन, फागुन १ गतेदेखि नामसारी भएका सवारीसाधन र २०७९ जेठ १ गतेबाट नवीकरण भएका सवारीसाधनमा मात्र इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको जानकारी दिए।
एनले सवै प्रदेशमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएको बताए। विभागले इम्बोस्ड नम्बर प्लेट जडानमा सहयोग पुर्याउन सबैलाई आग्रह गरेको छ।