काठमाडौं। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।
मंगलबार गृहमन्त्री बालकृष्ण खाँडले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका २२ वटा निर्णय सार्वजनिक गरेका हुन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी ५ र सशस्त्र प्रहरी १ डिआईजीलाई एआईजीमा बढुवा गर्नेदेखि सातामा दुई दिन दिइँदै आएको विदा खारेज गर्नेलगायतका निर्णय गरेको छ।