जनकपुर। जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव लगायतका शीर्ष नेताहरु समेत सहभागी समीक्षा बैठकमा कुटाकुट भएको छ।
जनकपुरधामस्थि होटल बाबाको ढावामा जसपाको धनुषा जिल्लाको स्थानीय निर्वाचनको समीक्षा बैठक चलिरहेका बेला नेताहरूबीच कुटाकुट भएको हो।
सो क्रममा सिकिन्दर सिंह यादव, अवधकिशोर रविदास, जितेन्द्र मुखियालगायत घाइते भएका छन्।
बैठकमा विभिन्न पालिकामा पराजयको कारण अन्तरर्घात भएको भन्दै नाम किटेरै आरोप प्रत्यारोप भएपछि त्यहाँ उत्पन्न विवाद कुटाकुटमा परिणत भएको थियो।
जसपा सबैला नगरपालिकाका अध्यक्ष वैधनाथ रायले चुनावमा केन्द्रीय सदस्य साधु यादवलगायतका समूहले अन्तर्घात गरेको आरोप लगाएपछि विवाद उत्पन्न भएको थियो।