काठमाडौं। न्यूरोडको रञ्जना गल्तीमा एक पुरुष मृत फेला परेका छन्।
मृतक काठमाडौं महानगरपालिका–१२ टेकुका ३४ वर्षीय सुरेन महर्जन रहेको प्रहरीले जनाएको छ।
बुधबार बिहान रञ्जना गल्तीमा एक पुरुषको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलबाट मुचुल्का उठाएर शवलाई पोष्टमार्टमको लागि टिचिङ अस्पताल लगिएको छ।
यसअघि मंगलबार धोबीखोलामा एक पुरुषको शव र सोमबार फर्पिङको जंगलमा युवा युवतीको शव फेला परेको थियो।
सबै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
फर्पिङको जंगलमा मृत भेटिएका युवक युवतीको पहिचान खुल्यो
धोबीखोलामा भेटियो पुरूषको शव