जाजरकोट। जाजरकोटको जुनिचाँदे–५ बलेपुइना नजिक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जुनीचाँदे–६ का २१ वर्षीय दर्शन शाही, वडा नं. ५ का ४० वर्षीया पुतला गिरी र कालिका शाहीको रहेको प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले जानकारी दिए ।
दुर्घटनामा ११ जना घाइते भएका छन्। घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरुलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्दार गर्ने कार्य भइरहेको छ।
शुक्रबार जुनिचाँदे–५ गर्खाकोटवाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४९ नम्वरको बोलेरो जीप वडा कार्यालय नजिकको बलेपुइनामा दुर्घटना भएको हो।
जिप सडकवाट करिव दुई सय मिटर तल खोलामा खसेको जाजरकोट प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौला जानकारी दिए।