काठमाडौँ । आज शनिबार देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
हाल प्रदेश १ र मधेस प्रदेशका एक/दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ।
विभागका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।
शनिबार आज राति प्रदेश १, मधेश , बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ।