काठमाडौं। पोर्चुगलमा २ महिनादेखि बेपत्ता नेपाली युवाको शव समुद्रमा भेटिएको छ।
नुवाकोटको बेलकोटगढी नगरपालिका–१२, का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटिएको हो।
उनको शव बेपत्ता भएको भोलिपल्टै अर्थात् गत अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटेकोे थियो। तर, शवको पहिचान भने बिहीबार मात्रै खुलेको थियो।
शवको पहिचान खुलेपछि प्रहरीले खबर गरेको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए।