काठमाडौँ ।नेपाली कांग्रेस निकट श्रमिक सङ्गठन नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ ।
नेपाल ट्रेड युनियन कांग्रेसले आज पत्रकार सम्मेलन गरी भोलिदेखि दुई दिनसम्म राजधानीको प्रज्ञा भवनमा हुने राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले विधानतः हुन लागेको राष्ट्रिय सम्मेलनले विधान संशोधनलगायतका कार्यदिशा तय गर्नुका साथै सातौँ राष्ट्रिय महाधिवेशनको मिति तोक्ने जानकारी दिए ।
उनले राष्ट्रिय सम्मेलनमा राष्ट्रिय श्रम आयोगको गठन, मर्यादित रोजगारीको सिर्जना, वैदेशिक रोजगारीलाई मर्यादित एवं सुरक्षित बनाउने, श्रम प्रशासनको क्षमता विकास तथा विस्तार, नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व, जलवायु परिवर्तनका कारण श्रमिकलाई पर्ने असर न्यूनीकरण, सातै प्रदेशमा श्रम अदालतको व्यवस्था, कार्यस्थलमा हुने लैङ्गिक हिंसा तथा दुव्र्यवहारको अन्त्यलगायतका बारेमा छलफल हुने बताए ।