काठमाडौं। नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेल संसदीय चुनाव लड्ने भएका छन्। उनले काठमाडौं क्षेत्र नं १ बाट आगामी संसदीय चुनाव लड्ने घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमार्फत नेपाल सुशासन पार्टीले ‘देशमा सुशासनको स्थापना तथा भ्रष्टाचारविरुद्धको यस अभियानमा सबैको साथ, सहयोग र माया रहिरहनेछ भन्दै अपेक्षा गरिएको’ जनाएको छ।
नेपाल प्रहरीबाट राजीनामा दिएपछि भ्रष्टचारविरुद्धको अभियान लिएर ‘नेपाल सुशासन अभियान’ थालेका खरेल अहिले नेपाल सुशासन पार्टीका अध्यक्ष हुन्।
यसअघि सामाजिक अभियान्ता पुकार बमले क्षेत्र नं. १ बाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।