काठमाडौं। गायिका इन्दिरा जोशीले जेठ ३१ गते मंगलबार बिहे गर्ने भएकी छन्।
उनले प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग जेठ ३१ गते बिबाह गर्न लागेकी हुन्।
उनले इन्स्टाग्राममार्फत निमन्त्रणा पत्र पनि सार्वजनिक गरेकी छन्।
उनको निमन्त्रणा पत्रमा भनिएको छ, ‘भगवानको कृपा र परिवारको आशीर्वादले हामीले विवाह गर्ने निर्णय गरेका छौं। यो खुसी तपाईंहरूसँग बाँड्न पाउँदा आनन्द महसुस गरेको छु। यस्तै प्रेम र आशीवार्द वर्षभरि दिनुहोला। यो सम्बन्ध सधैं सुन्दर रहनेछ।’
इन्दिरा र शरदले गत वर्ष सगरमाथाको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए।