काठमाडौं। काठमाडौं महानगरपालिकाले नुवाकोटस्थित सिसडोल क्षेत्र अबको एक महिनाभित्र दुर्गन्धरहित हुने जनाएको छ।
महानगरको आइतबार बसेको कार्यपालिका बैठकमा प्रमुख वालेन्द्र शाह (बालेन)ले सिसडोल क्षेत्र एक महिनाभित्र दुर्गन्धरहित हुने ढंगबाट पहल भइरहेको बताए।
एक महिनाभित्र दुर्गन्ध हटाउन जैविक केमिकल जसले वातावरणमा असर पार्दैन, त्यस क्षेत्रमा बाटो निर्माणको काम असारको पहिलो हप्ताबाट सुरु हुने शाहले बताए।
उनले स्वास्थ्य बिमालगायतका वितगमा भएका सम्झौता अनुसार यसको कार्यान्वयनका लागि महानगरको गतिविधि अगाडि बढेको बताए।
उनले भने, ‘रासायनिक मल, प्लास्टिक र फलामजन्य फोहोरको व्यवस्थापन गर्ने काम ३२ वटै वडामा भइरहेको छ। सडकको धुलो व्यवस्थापनमा पनि ब्रुमर चालकहरु केही दिनभित्रै आउँछन्।’