काठमाडौँ । ककनीको त्रिशूली 'थ्रि ए' को प्रसारण लाइनमा हिँडेका माइला विकलाई काठमाडौंमा रहेको एक संस्थाको जिम्मा लगाइएको छ ।
नुवाकोटको बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ घर भएका विकलाई काठमाडौंको तार्केश्वर नगरपालिकाको फुटुङस्थित नवजीवन परोपकार संस्थाको जिम्मा लगाइएको हो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रूपक खड्काका अनुसार संस्थाले हेरचाह र उपचार गराउँछौँ भने पछि जिम्मा लगाइएको हो ।
ककनी गाउँपालिका-७ स्थित विद्युत प्रसारण लाइनमा शनिबार उनी हिँडेका थिए । उनलाई नेपाली सेनाको टोलीले राति उद्धार गरेको हो ।