काठमाडौं। पूर्व सचिव भीम उपाध्यायले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेका छन् ।
आइतबार श्रीमतीसहित महावीर पुन नेतृत्वको आविष्कार केन्द्र पुगेर पूर्व सचिव उपाध्यायले एक महिनाको पेन्सन ४० हजार आविष्कार केन्द्रलाई हस्तान्तरण गरेका हुन्।
उपाध्यायले प्रत्येक वर्ष एक महिनाको पेन्सन बराबरको रकम आविष्कार केन्द्रलाई हस्तान्तरण गर्दै आएका छन्।