वीरगञ्ज । मधेस प्रदेशका प्रदेशसभा सदस्य पश्मिना कादरीले पर्साको वीरगञ्जस्थित नापी कार्यालयलाई आवश्यक कम्प्युटर र प्रिन्टर उपलब्ध गराएकी छन् ।
सो कार्यालयबाट प्रवाह हुने सेवा सुविधालाई थप प्रभावकारी बनाउन उनले व्यक्तिगत खर्चबाट करिब रु तीन लाख २० हजार १२९ बराबरको चार थान कम्प्युटर र रु एक लाख ६९ हजार ५०० बराबरको दुई थान को प्रिन्टर उपलब्ध गराएकी हुन् ।
कादरी नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० को समानुपातिकतर्फ प्रदेशसभा सदस्य हुन्। नापी कार्यालयका प्रमुख नारायण कुमार श्रेष्ठले उपलब्ध सामग्रीबाट सेवा प्रवाहमा सहज हुने जानकारी दिए ।
कार्यालयको आवश्यक कागजातको कम्प्युटर प्रणालीमा अभिलेखीकरण नहुँदा सेवा प्रवाहमा ढिलाइ हुँदै आएको थियो । अब विस्तार सेवा प्रवाह सुधार आउने कार्यालयको जनाएको छ ।