काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री देउवालाई भेट्न लोसपा अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू बालुवाटार पुगेका थिए। सो भेटको क्रममा नागरिकता विधेयक, नेता/कार्यकर्तालाई लगाइएका मुद्दा फिर्तालगायतका विषयमा छलफल भएको बताइएको छ।
त्यस्तै, लोसपाका नेताहरुले आर्थिक वर्ष २०७९/०८० को बजेटबारे पनि गुनासो राखेका थिए।
यसअघि लोसपाले देउवालाई जेठ २४ गते बुझाएको ११ बुँदे मागहरूबारे पनि छलफल भएको छ।