धनगढी। जिल्ला समन्वय समिति (जिसस) कैलालीमा सत्तारुढ गठबन्धन विजयी भएको छ।
जिससको प्रमुख पदका लागि नेपाली कांग्रेसका तर्फबाट पदम कलेल निर्वाचित भए। उनले १३ मत पाउँदा नागरिक उन्मुक्तिका इन्द्र चौधरीले १२ मत पाए।
उपप्रमुखमा माओवादीका खगराज भुसाल १३ मत पाएर विजयी हुँदा एमालेका राजेन्द्र खनालले १२ मत पाए।
कैलालीमा सत्ता गठबन्धन कांग्रेस, माओवादी र एकीकृत समाजवादीले तालमेल गरेका थिए। यस्तै नागरिक उन्मुक्ति र एमालेबीच छुट्टै तालमेल भएको थियो।
गठबन्धनका उम्मेदवारलाई स्वतन्त्रबाट विजयी धनगढीका मेयर गोपाल हमाल र कांग्रेसबाट बागी उम्मेदवार बनेर कैलारी गाउँपालिकाको अध्यक्ष बनेका रामसमझ चौधरीले सहयोग गरेका थिए।