काठमाडौँ । अर्थ मन्त्रालयले अर्थमन्त्री जनार्दन शर्माबारे सञ्चार माध्यमका आएका समाचारको खण्डन गरेको छ।
बजेट निर्माणमा अर्थमन्त्री जनार्दन शर्माले अमुक व्यक्तिलाई सहभागी गराएको भन्दै समाचार प्रकाशित भएपछि अहिले अर्थमन्त्री शर्मामाथि राजीनामाको दबाब बढिरहेको छ।
यसैबीच, मन्त्रालयले विज्ञप्ति जारी गर्दै आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्नबाट बञ्चित भई आर्थिक चलखेलका सबै ढोका बन्द भइसकेपछि कथ्य बनाई अर्थमन्त्रीज्यूको मानमर्दन गरेको स्पष्टीकरण दिएको छ।
