काठमाडौँ । दाङको तुलसीपुरमा महिला र बालिका कुटेर प्रहरीले नियन्त्रणमा लिएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई बुटवल लगिएका छ ।
मुख्यमन्त्री कूल प्रसाद केसीको दबाबपछि दाङ प्रहरीले वलीलाई बुटवल पठाएको हो । वलीले मंगलवार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्थित वाइसिएल कार्यकता एकराज बस्तेतको घरमा प्रवेश गरी उनकी पत्नी मीना भण्डारी र छोरीलाई कुटपिट गरी तोडफोडमा उत्रिएकी थिइन् ।
दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले बजेट अधिवेशन चलेकोले मुख्यमन्त्रीको आग्रहमा मन्त्री वलीलाई बुटवल पठाइएको जानकारी दिए ।