काठमाडौं। बुधबार सेयर बजार २९.८९ अंक घटेको छ। योसँगै सेयर बजारको परिसूचक नेप्से १९६६ अंकमा झरेको छ।
बुधबार कुल १ अर्ब ४९ करोड रुपैयाँको ४१ लाख ८२ हजार कित्ता सेयर किनबेच भयो।
सबै उपसमूहका सूचक घटेका छन्। तर, सीवाईसी नेपाल र आँधिखोला लघुवित्तको मूल्य १० प्रतिशत बढेको छ।
यसैगरी, आज नेपाल टेलिकमको सेयर सबैभन्दा धेरै कारोबार भएको छ।