काठमाडौं। ग्लोबल आइएमई र बैङ्क अफ काठमाण्डू (बीओके)बीच मर्जर सम्झौता भएको छ।
बिहीबार मर्जर सम्झौतापत्रमा ग्लोबल आइमएई बैंङ्क र बैङ्क अफ काठमाण्डूका अध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र प्रकाश श्रेष्ठले हस्ताक्षर गरे
दुबै बैंकबीच बराबरी हैसियतमा मर्जर सहमति भएको बताइएको छ। मर्जरपछि नयाँ बैंकको नाममा ग्लोबल आईएमई बीओके बैंक हुनेछ। नयाँ बैंकको प्रमुख कार्यकारीमा ग्लोबल आईएमईका रत्नराज बज्राचार्यले निरन्तरता पाउने सहमति भएको छ।
मर्जरसँगै बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ।