काठमाडौं। अर्थ मन्त्रालयले पुँजी बजारको समस्या अध्ययन गर्न कार्यदल बनाएको छ।
पुँजी बजार तथा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानका उपायबारे अध्ययन गर्न मन्त्रालयले कार्यदल बनाएको हो।
कार्यदलको संयोजक धितोपत्र बोर्डका कार्यकारी निर्देशक हुने र सदस्यमा अर्थमन्त्रालयबाट एक जना उपसचिव, राष्ट्र बैंकबाट एक जना सदस्य र सदस्य सचिवमा धितोपत्र बोर्डबाटै एकजना तोकिने मन्त्रालयले जनाएको छ।
कार्यदललाई छिट्टै पूर्णता दिइने जनाइएको छ।