दमौली। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ रुवाखोलामा पुलबाट बिहीबार टिपर खस्दा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–६ मनपाङ बस्ने ४७ वर्षीय रामबहादुर दमै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मुग्लिनतर्फबाट आँबुखैरेनी आउँदै गरेको ग१क ४४६९ नंको मिनी टिपर पुलबाट अनियन्त्रित भई तल खसेको थियो । सो क्रममा घाइते दमैको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार क्रममा मृत्यु भएको हो।