काठमाडौं। चर्चित टेलिभिजन पत्रकार रवि लामिछाने आगामी प्रतिनिधि सभा चुनावमा स्वतन्त्रबाट चुनाव लड्ने भएका छन्।
काठमाडौंमा स्वतन्त्रबाट चुनाव लड्ने भन्दै लामिछानेले बिहीबार ग्यालेक्सी टिभी छाडेका छन्। उनको बिहीवार टेलिभिजनबाट बिदा गरिएको छ।
आज बेलुका प्रशारण हुने ‘सिधा कुरा’ अन्तिम कार्यक्रम हुनेछ।
उनले काठमाडौं–५ वा २ बाट चुनाव लड्ने योजना बनाएका छन्।