काठमाडौँ । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले फेरि विवादमा मुछिएका छन् ।
नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेपछि मन्त्री आले विवादमा तानिएका हुन् । अधिकारीलाई कार्यकक्षमै अपशब्द गाली गर्दै धकेलेको जनाएको छ ।
पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो मात्रामा मान्छे राख्न आफूले पठाएका व्यक्तिलाई जागिर दिन अह्राएका थिए। अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइसकेका थिए। केहीलाई लगाउने प्रक्रियामा थिए।