काठमाडौं। परराष्ट्र मन्त्री डा.नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी विषय टुंगिसकेकाले अब अगाडि नबढ्ने बताएका छन् ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा शुक्रबार उपस्थित भएका मन्त्री खड्काले एसपीपीसँग सम्बन्धित सैन्य सम्झौता प्रस्ताव नेपाललाई स्वीकार्य नहुने भन्दै राष्ट्रिय हितमा नभएकाले अगाडि नबढाउने स्पष्ट पारे।
प्रधानमन्त्री, नेपाली सेनाले समेत अगाडि बढ्दैन भनिसकेकाले अब यसलाई थप कोट्याउनु आवश्यक नभएको उनको भनाइ छ।
नेपाली सेना र अमेरिकी दूतावासबाट यसबारे विज्ञप्ति आइसकेको भन्दै यसबारे थप चर्चा नगर्न समितिका सभापतिलाई आग्रह गरे। एनले भने, ‘यो बारेमा स्पष्ट आइसकेको छ। यो कार्यक्रम हामीलाई स्वीकार्य छैन। यो अगाडि बढ्ने छैन र बढाइने छैन। यो राष्ट्रिय हितमा छैन, अन्तर्राष्ट्रिय प्रतिवद्धताले पनि स्टेट पार्टनरसिप प्रोग्राम कार्यान्वयन हुँदैन भनिसकिएको छ।’
यस्तै, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) नेपालको हितमा नभएको स्पष्ट पारेका छन्। एसपीपीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा जवाफ दिँदै शर्माले सो कुरा बताएका हुन्।
मिडियामा आएका विषयमा सत्यता नभएको र नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने उनले स्पष्ट पारे। सैन्य गठबन्धनसम्बन्धी अमेरिकी अधिकारीहरुलाई जानकारी दिइसकेको र शर्माले नेपाली सेनाले शान्ति स्थापनार्थ खटिएका टोलीको निरीक्षणका लागि अमेरिकाको भ्रमण गर्न लागेको स्पष्ट पारे।
अमेरिकालाई नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतिमा एसपीपी सम्बन्धी पत्र पठाइएकोबारे प्रधानसेनापति शर्माले स्वीकार गरे। पत्रमा सैन्य गठबन्धनका लागि नलेखिएको उनले बर्ता।
उनले भने, ‘नेपाली सेनाले लेखेको पत्र बाहिरी चर्चामा आएको छ, त्यो सत्य हो तर चिठीमा सैन्य अलाएन्स लेखिएको छैन। भूकम्पको बेला मानवीय सहायताका लागि भनेर पत्र लेखिएको थियो।’
सैन्य गठबन्धनमा सहभागी हुने भन्ने कुरामा सत्यता रहेको र छैन सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई जानकारी गराई सकेको जानकारी दिए।
परराष्ट्रमन्त्री खड्का र प्रधानसेनापति प्रभुराम शर्मालाई समितिले एसपीपीबारे जवाफका लागि शुक्रबारको बैठकमा बोलाएको थियो।