कठमाडौं। एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ।
शुक्रबार भुटानलाई पराजित गर्दै नेपालले एसीसी महिला टी–२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको हो।
मलेसियाको युके एम वाईएसडी क्रिकेट ओभल मैदानमा पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९४ रन बनायो।
नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६, रुबिना क्षेत्रीले २१ र इन्दु बर्माले २० रन बनाइन्।
भुटानका सोनाम पाल्दोनले ४, अन्जु गुरुङ र टाशी छेकीको नाममा १–१ विकेट लिइन्।
९५ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको भुटानले १७.५ ओभरमा ४४ रनमा अलआउट भयो।
नेपालको जीतमा संगीता राईले ४, कविता कुँवर र सिता राना मगरले २÷२ तथा इदु बर्माले १ विकेट लिक्ष्न्।
च्याम्पियनसिपको समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेल १८ तारिख कुवेत, तेस्रो खेल २० तारिख बहराइन, चौथो खेल २१ तारिख हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।
समूह बी मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन छन्। समूह ए मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन्।
शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनल पुग्ने दुई टोली एसिया कप महिला टि२० क्रिकेट प्रतियोगिता खेल्न पाउने छन्।
नेपालले अर्को खेल असार ४ गते कुवेतसँग खेल्नेछ। त्यस्तै, असार ६ मा बहराइन र असार ७ मा हङकङविरुद्ध नेपाल मैदान उत्रिनेछ।