काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा सवार हेलिकप्टरमा इन्धन सकिएको छ।
शुक्रबार काठमाडौंबाट धनगढीका लागि उडेको देउवा सवार हेलिकप्टरमा इन्धन सकिएको हो। इन्धन सकिएपछि उक्त हेलिकप्टर भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ। इन्धन भर्नका लागि प्रधानमन्त्री देउवा सवार हेलिकप्टर भैरहवा विमानस्थलमा अवतरण गरिएको हो।
विमानस्थलमा अवतरण भएपछि २० मिनेट बढी प्रधानमन्त्री देउवाले नेता–कार्यकर्तासँग भेट गरेका थिए ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी जाने क्रममा हेलिकप्टरमा प्रधानमन्त्री देउवा र शिक्षामन्त्री देवेन्द्र पौडेल पनि थिए।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन भरेपछि हेलिकप्टर धनगढी गएको छ।