काठमाडौं। सांसद वामदेव गौतमले ‘स्टेट पार्टनरसिप प्रोगाम’ (एसपीपी) सम्झौता केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको दाबी गरेका छन्।
आज बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उनले एसपीपी सम्झौता ओली नेतृत्वको सरकारको पालामा भएको दाबी गरेका हुन्।
उनले भने, ‘एसपीपी सम्झौताको सुरुआत जसले गरेको भए पनि यसलाई अगाडि बढाउने काम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले गरेको हो। सबैले सदनलाई सत्यतथ्य जानकारी गराउनुपर्छ। सत्य बताउँदा कोही पनि सानो हुँदैन, पार्टी र व्यक्तित्व सानो हुँदैन।’
गौतमले अमेरिकाले प्रस्ताव गरेको एसपीपी सम्झौताका बारेमा सरकारले प्रस्ट पार्नुपर्ने बताए। ‘यति महत्वपूर्ण विषयमा राष्ट्रलाई गुमराहमा राख्न हुँदैनथ्यो, संसद्को गरिमालाई कायम राख्न प्रधानमन्त्री स्वयम् उपस्थित भएर संसद्लाई जानकारी दिनुपर्दथ्यो’, उनले भने।