काठमाडौँ । जनमत र नागरिक उन्मुक्ति पार्टी आगामी निर्वाचनमा मिलेर जाने सहमती भएको छ ।
जनमत पार्टीका अध्यक्ष डा. सी के राउत र रेशम चौधरीबीच आज भएको भेटवार्तामा सो सहमती भएको हो । उनीहरुबीच डिल्लीबजारस्थित कारागारमा भेटवार्ता भएको जनमत पार्टीका महासचिव चन्दन सिंहले बताए ।
भेटमा उनीहरुबीच आगामी चुनावमा मिलेर जाने विषयमा सहमति भएको सिंहले जनाए । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी आगामी चुनावमा मिलेर गठबन्धन तयारीमा रहेको जनाइएको छ ।