काठमाडौँ । स्थानीय वायु, भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभावले देशभरको मौसममा बदली भइरहेको छ ।
मनसुनी वायुको सामान्य प्रभाव देशभर परेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले शनिबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै हाल प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली भइरहेको जनाएको छ। महाशाखाकाअनुसार बाँकी प्रदेशका पहाडी भू-भगमा आंशिकदेखि सामान्य बदली रहेको छ।
प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनचट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।