काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणका लागि लेबनानतर्फ प्रस्थान गरेका छन्।
प्रधानसेनापति शर्मासहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गरे। एनको भ्रमण अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने नेपाली सेनाले जनाएको छ।
लेवनानमा प्रधानसेनापति शर्माले द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्नुका साथै यूएन मिसनको भावी योजनाका बारेमा जानकारी लिने बताइएको छ।
साथै, सो क्रममा यूएनको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ मिसनहरूको निरीक्षण, मिसनको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्थालगायतको जानकारी लिइनेछ।
त्यसपछि प्रधानसेनापति शर्मा असार १३ गते संयुक्त राज्य अमेरिका जानेछन्। प्रधानसेनापति शर्माको टोली असार १९ गते स्वदेश फिर्ता हुनेछ।