काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक आज बिहाज १० बजे बस्दै छ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई समितिले बोलाएको छ।
बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ।प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमणको बारेमा पनि छलफल हुनेछ। बैठकमा नेपालको परराष्ट्र नीति कार्यान्वयनका सम्बन्धमा छलफल हुनेछ।
यसअघि शुक्रबार परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई संसदीय समितिले बोलाएर छलफल गरेको थियो। शुक्रबारको बैठकमा विवादित बन्दै गएको स्टेट पार्टनसिप प्रोगाम (एसपीपी) बारे छलफल भएको थियो। सो विषयमा आज पनि छलफल हुनेछ।